एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २७ भदौं–नेकपा (एककिृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ।

साथै पार्टीका नेता कार्यकर्तालाई पार्टीको प्रगति, उन्नती र समृद्धिका निम्ति लागि पर्न आग्रह गर्नुभएको छ। उहाँले पार्टीमा रहेसम्म पार्टीहित विपरित नबोल्नसमेत निर्देश गर्नुभएको छ।

हालै एक टेलिभिजनमा अन्तरवार्ता दिदै अध्यक्ष नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले भन्नुभयो,-‘हाम्रो पार्टीमा रहेका कमरेडहरूले पार्टी हित विपरित बोल्नु भएको छ भने त्यो ठिक होइन । प्रष्ट भन्नुपर्छ । रामकुमारी झाँक्री नेपाली राजनीतिको निम्ति आवश्यक नेता हो।

अध्यक्ष नेपालले वहाँको महत्वपूर्ण भूमिका रहने देखेको छु । उहाँलाई म सम्झाउने छु । पार्टीभित्र रहेर अराजकता मच्चाउने, उदण्डता र अनुसाशनहिनतालाई प्रयस दिने काम स्वीकार्य हुन सक्दैन ।’

एक प्रसँगमा अध्यक्ष नेपालले राजनीतिबाट विश्राम लिने अवस्था भइसकेको स्पष्ट पार्नु भएको छ।

कार्यक्रम प्रस्तोताले अब त रिटायर्डमेन्ट टाइम पनि भयो नि ? भनेर सोधेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले धेरै काम गरेका छौं। आज पनि काम गरिरहेकै छौँ । ७० वर्षको भइयो ।

दशौँ राष्ट्रिय महाधिवेशनबाटै बिदा हुन खोजेको थिएँ, अध्यक्ष नेपालले भने । केही साथीहरूले मान्नु भएन । अब त रेष्ट गर्नुपर्छ भन्नेमा छु । प्रचण्डजीलाई पनि यहि भन्नेवाला छु । नयाँलाई दिऔँ । कति हामी नै टाँसिरहने ? करिब मेरो जीवनको यो नै अन्तीम कार्यकाल हो भन्दा हुन्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *