झिलझिले, २८ भदौ–गएराति झापाको शिवसताक्षीमा भएको हत्याको आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी (८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए ।

उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो ।

उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ ।

दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ । तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन् ।

उनले विवाह समेत गरेका थिएनन् । प्रहरीले घटनाका बारे थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक मगरले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *