काठमाडौँ, २८ भदौं–नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेशको सन्देश सभा उदयपुर गाइघाटमा सम्पन्न भएको छ।

उदयपुर जिल्ला कमिटीका अध्यक्ष विनोद खड्काको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा १०औँ महाधिवेशनपछि पहिलो सन्देश सभा उदयपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले, नेपाली कांग्रेस, जसपा, माओवादी र स्वतन्त्र नागरिकहरुसमेत गरी ५४६जना भन्दा धेरै नेता कार्यकर्ताले एकीकृत समाजवादी रोज्नुभएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ।

कार्यक्रममा अध्यक्ष नेपालसहित वरिष्ठ नेता नेता घनेन्द्र बस्नेत, उपाध्क्ष जयन्ति राइ, जगन्नाथ खतिवडा, उप महासचिव राजेन्द्र राइ, सचिब बलदेव चौधरी सहभागी हुनुहन्थ्यो। त्यस्तै पोलिटब्युरो र केन्द्रीय स्दस्य्हरुको ठुलो सन्ख्याको उपस्थ्ति रहेको थियो।

उदयपुरमै भोलि असोज २९ गते कोशी प्रदेशबाट चुनिनु भएका केन्द्रीय सदस्यहरुको भेला आयोजना गरिएको छ। भेलाले प्रदेशको पार्टी रणनीतिक विषयहरुमा छलफल गरी महत्वपूर्ण योजनाहरुमा ध्यान केन्द्रीत गर्नेछ।

पार्टीमा कार्यविभाजन भैनसकेकोले अस्थायी रुपमा कोशीको इन्चार्जको रुपमा जगन्नाथ खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ भने सचिव बलदेव चौधरी प्रदेश छन्।

सन्देश सभाको अधक्षता जिल्ला अधक्ष बिनोद खडका र सन्चालन सचिन पशुपति कुमारी चौधरीले गर्नु भएको थियो। दुई हजारभन्दा धेरै जनसमुदायहरुको उपस्थिति रहेको थियो। कार्यक्रम जिल्ला सचिव पशुपति कुमारी चौधरीले सञ्चालन गर्नुभर्एको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *