दमक, २९ भदौं–झापाको दमकमा कोशी प्रदेशस्तरीय अन्तर ईसाई समाजबीच दोस्रो संस्करणको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी मिक्लाजुङ इसाई समाज पाँचथरले कब्जा गरेको छ ।
दमक–५ गोर्खाली टोलस्थित विष्ट फुटसल खेलमैदानमा शुक्रबार एक दिवसीय आयोजित कोशी प्रदेशका १२ वटा इसाई समाजवीच भएको प्रतिस्पर्धामा मिक्लजुङ इसाई समाजले उपाधी कब्जा गरेको हो । उसले फाइनलमा धरान इसाई समाजलाई पेनाल्टी सुटआउटमा हराएको हो । मिक्लाुजङ इसाई समाजले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् भने उपबिजेता धरान इसाई समाजले नगद रु २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमै चित्त ब्ुझाएका थिए ।
दमक नगर इसाइ समाजले आयोजना गरेको फुटसल प्रतियोगिता दोस्रो संस्करण हो । यसअघि, गत वर्ष दमकमा इसाई समाज दमकले प्रदेशस्तरीय फुटसटलको आयोजना गरेको थियो ।
प्रतियोगिता सम्पन्न भएपछि आयोजित पुरस्कार बितरण कार्यक्रममा बिजेता टिम र उपबिजेता टिमसहित उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य माननीय होमबहादुर थापा लगायतले शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कारहरु बितरण गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सभा सदस्य तथा झापा क्षेत्र नं ५ (ख) का सांसद थापाले इसाई समाजले दमक नगरीमा उत्कृष्ट र स्मरणीय कार्यहरु सञ्चालन गर्दै आइरहेको चर्चा गर्नुभयो । वहाँले दमक नगर इसाई समाजले दमकमा गरेका रचनात्मक कार्यहरुको प्रसंषा गर्दै आगम िदिनमा पनि आफ्नो व्याक्तिगत तर्फबाट र प्रदेश सरकारको तर्फबाट सहयोग हुने बताउनुभयो ।
उत्कृष्ट गोल रक्षक सुजन बर्देबा, गोलकर्ता सुनिल राई, र उत्कृष्ट खेलाडि सुमन राईलाई ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा मुख्य प्रायोजन (टाइटल स्पोन्सर) मा इमानुएल सुहाङ (कोरिया) र सह–प्रायोजक सेलिना हार्डवेयर( युरो पेन्टस) दमक साथै सेकेन्ड टाइटल स्पोन्सर याकपाङदेन लिम्बू(कोरिया) ले सहयोग गरेका थिए ।
समापन कार्यक्रमका अध्यक्षतामा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले गर्नुभएको थियो । त्यस्तैं, कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य सांसद होमबहादुर थापा हुनुहुन्थ्यो भने प्रदेशसभा सदस्य तथा झापा क्षेत्र न १ (क) का सांसद चिन्तन पाठक, दमक नगर इसाई समाजका निबतृमान अध्यक्ष आकाश थुलुङ राई, समाजका पूर्र्व अध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुरमा नाछिरिङ राई, एल्डर सुरज निङलेकुलगायतको उपस्थिति थियो ।
दमकमा इसाई समाजले बर्षेनी इसाई धर्मालम्वीहरुबीच फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । इसाई समाजको बैठकद्धारा शिाखर राई संयोजक र सुरज लिम्बू सचिव रहेका दमक नगर इसाई समाजले खेलकुद विभाग गठन यसअघि नै गरिसकेको छ । यसवर्ष फुटसल प्रतियोगिता फ्रेण्डसिप, सम्बन्ध र संगती भन्ने उदेश्य बनाइएको छ ।
यसअघि, फुटसल प्रतियोगितको उद्घाटन दमक नगर प्रमुख राम कुमार थापाले गर्नुभएको थियो । खेलकुद कार्यक्रम संयोजक एल्डर शिखर राईको अध्यक्षता थियोे । उद्घाटन कार्यक्रममा दमक–५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, जीवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतम लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजिकरण दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठक र दमक नगर इसाई समाज खेलकदु विभागका सचिव एल्डर सुरज लिम्बूले गर्नुभएको थियो ।
धरान इसाई समाज र मिल्लुजुङ इसाई समाज पाँचथरबीच फाइनल खेल हुनुअघि दमकका सञ्चारकर्मीहरु र दमक नगर इसाई समाजका भेट्रानहरुबीच मैत्रीपूर्ण फुटसल खेल समेत भएकाो थियो । सो मैत्रीपूर्ण खेलमा पत्रकारहरुबिरुद्ध दमक नगर इसाई समाजका भेट्रान खेलाडीहरुले गोलको बर्षा गरेका थिए ।
