दमक, २९ भदौ–साथीभाई समूहको तेश्रो साधारण सभाले दिपेन्द्र तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेका छ । शनिबार, दमकमा सम्पन्न तेश्रो साधारण सभाले युवा व्यवसायी तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

सर्वसम्मत चयन भएको साथीभाई समुहको उपाध्यक्षमा योगेन्द्र खत्री, सचिवमा कमल कटुवाल, सह–सचिवमा राजु ठकुरी र कोषाध्यक्षमा चन्द्र खत्री चुनिएका छन् ।

यसैगरि, समुहको सदस्यहरुमा मनोहरी घिमिरे, पुष्प ढकाल, शंकर शाह, कुमार ढकाल, धन कुँवर, रन्जित यादव, जिवन दुलाल, पवन बिष्ट, खिलुराज खरेल र पदम ढुंगाना चुनिएका छन् ।

दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिबेशन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

स्थापना भएको छोटो समयमै साथीभाई समुहले दमकमा सामाजिक सेवाका लोकप्रिय कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *