शिबगञ्ज, २९ भदौं–झापाको शिबसताक्षी–६ शिबगञ्जका उद्यमी महिला समुहले महिला तथा पुरुषका विभिन्न साइज र बनोटका पोशाकहरु उत्पादन गर्न थालेका छन् ।

उद्यमी महिला समुहले कुर्था–सुरुवाल, ब्लाउज, जामा, भोटो, सर्ट–पेन्ट, र हाफपेन्ट, टिसर्टहरु तयार गरेर बिक्रीका लागि बजारमा ल्याएका छन् ।

शिबगञ्जस्थित बजारमा उनीहरुले एक कार्यक्रमको आयोजना गरेर त्यहाँ उत्पादित पोशाकहरु बजारमा ल्याइएको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख रोशन (मेगाहाङ) थोप्राले सो उद्योगको उद्घाटन गरेका छन् । उद्घाटनपछि नगर प्रमुख थोप्राले शिबगञ्जका उद्यमी महिलाहरुको प्रयासका लागि धन्यवाद व्यक्त गरे ।

शिबगञ्जस्थित शिबसताक्षी–६ वडा कार्यालयले वडाका महिलाहरुलाई सीपमुलक तालिमसहित सिलाई मेसिन वितरण गरेको थियो ।

शिबसताक्षी नगरपालिकाभरीकै मुख्य ठूलो बजार शिबगञ्जमा वडा कार्यालयले स्थानीय महिलाहरुलाई सीपमुलक तालिमसहित सिलाई मेसिन बितरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

वडा अध्यक्ष कार्कीले स्थानीय उत्पादनलाई प्रयोगमा लउनका लागि वडावासी र नगरवासीहरुसँग आग्रह गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *