दमक, ३० भदौ–नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई सय बढी नेकपा (माओवादी केन्द्र) मा पार्टी प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिर्तामोडमा आयोजित भब्य समारोहमा बिभिन्न पार्टी परित्याग गर्ने २ सय बढीलाई पार्टी प्रवेश गराउनु भएको छ ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले झापाका नेता तथा बाम बुद्धिजीबि लोकबन्धु कन्दङवासहित दुई सय बढी पार्टी प्रवेश गरेका हुन् ।

नेता कन्दङवा तत्कालिन अनारमनी गाविसका जननिर्वाचित उपाध्यक्ष हुन् । उनीसंगै सामाजिक अभियन्ता गोपाल मुखिया, एमाले जिल्ला सदस्यहरु मोहन योगी, सीता रणपहेली, जगत राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका जिल्ला सदस्य बीरेन्द्रकुमार याक्थुङवा, जनता समाजवादी पार्टीका प्रदेश सदस्य मणि राई, झापा बिद्रोहका शहिद परिवार नरेन्द्र घिमिरेलगायत करिव २ सय जना पार्टी प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसंगै उपमहासचिव तथा प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार) ले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *