धरमपुर, ३० भदौं–झापाको शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे हाँट–बजार आजदेखि प्रत्येक आइतबार सञ्चालन हुने भएको छ । आइतबारे हाँटबजारको शुभारम्भ भएको छ ।
सो बजारको प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमबीच शिबसताक्षी–१ का वार्डध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले उद्घाटन गर्नुभएको छ । साविकः धरमपुर–८ मा अवस्थित शुक्रबारे हाँट–बजार २०४९ सालदेखि सञ्चालन हुँदै आएको हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष रुपनारायण भण्डारीको अध्यक्षतामा र वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा आइतबारे बजारको उद्घाटन गरिएको थियो । आइतबारे बजारको शुभारम्भमा प्रमुख अतिथी चेम्जोङले पानसमा दीपप्रज्वलन गरी बिधिवत रूपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख तथा प्रहरी निरीक्षक शुशिल थापा मगर, शुक्रबारे बजार स्थापनाकालमा बजारलाई जग्गादान गर्नुहुने यामप्रसाद खतिवडा, धरमपुरका सामाजिक अगुवा चन्द्रवीर नेम्बाङ, बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष पेमा तामाङ, पूर्वअध्यक्ष जयबहादुर विश्वकर्म घिमिरे, बुद्धिजिवी बिचारी लावोतीले बजारको निरन्तरताका लागि स्थानीयहरुको चासो र चिन्ता हुन जरुरी रहेको बताउनुभयो ।
सो कार्यक्रममा बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुर्बबहादुर प्रधान, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, राजन राजवंशी, थिरबहादुर राई, गोपिकृष्ण पोख्रेल, डम्बरबहादुर दाहाल, रितबहादुर राई लगायतको उपस्थिति थियो ।
बजार शुभारम्भको अवसरमा स्थानीय सांगीतिक ब्याण्डहरुले मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिनेभएको आइतबारे बजार सञ्चालन कार्यक्रम संयोजक तथा उद्यमी–व्यवसायी आशिष घिमिरेले जानकारी दिनुभयो । आज पहिलो दिनको प्रस्तुती नमुना ब्याण्डले आफ्ना गीतसंगीतहरु प्रस्तुत गरिएको कार्यक्रम संयोजक घिमिरेले बताउनुभयो ।
बजारमा स्थानीय कृषि उपजहरुलाई प्राथमिक्तामा राखिएको छ । त्यस्तैं, बजारमा माछा, मासु लगायतका तरकारी तथा फलफुलको समेत खरिद विक्री गर्न सकिने बजार व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले जानकारी दिए । वहाँले बजारमा आउने क्रेता र बिक्रेताहरुका लागि स्वच्छ पिउने पानी र सौचालयको व्यवस्था गरिने बताउनुभयो ।
बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति सदस्य जयबहादुर घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन धरमपुरका व्यवसायी मोहन सेनचुउरीले गर्नुभएको थियो ।
