पाडाजुङ्गी (कमल), १ भदौं–कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित भएका छन् । नेकपा (एमाले), राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका निरौला अध्यक्षका उम्मेद्वार थिए ।

निरौला २०७४ को स्थानीय चुनावमा कमल–५ को वडाध्यक्ष समेत भइसकेका नेता हुन् । उनलाई एमालेकी विद्रोही उम्मेद्वार उषा भण्डारीले मतगणनाको अन्तिम समयसम्म टक्कर दिएकी थिइन् । भण्डारी लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष थिइन् ।

भण्डारीले ७२१ ल्याउँदा निरौला ९५१ मत ल्याएर लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित बनेका हुन् । उपाध्यक्षमा पनि सोही प्यानलका गंगाप्रसाद पाण्डे ९२२, सचिवमा हरिप्रसाद घिमिरे ९५२ र सह–सचिवमा धनकुमारी राई (१३९६ मत ल्याएर निर्वाचित भएका छन् ।

क्षेत्र १ बाट भिम कार्की र कमला राई गुरुङ बिजयी भए भने क्षेत्र २ बाट ईश्वर बुढाथोकी र लोबिता राई विजयी भएका छन् । क्षेत्र ३ बाट नीर बहादुर श्रेष्ठ, क्षेत्र ४ बाट दुर्गाप्रसाद पराजुली, क्षेत्र ५ बाट राजकुमारी कुरुम्बाङ र टंक चापागाइँ विजयी भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *