हिक्मतकुमार कार्की

काठमाडौं, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। नेकपा (माओवादी) केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो।

कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन्।प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *