दमक, ४ असोज–मेचे जातिको भाषा, धर्म, संस्कृतिमा आधारित चलचित्र बिक्रम देवा निर्माण भएको छ । सो चलचित्रले मेचे जातिको सामाजिक अवस्था र मेचे जातिको पहिचानलाई जीवन्त बनाइराख्ने उदेश्यले निर्माण गरिएको हो ।

बिक्रम देवा चलचित्रको छाँयाकन भएको लामो समयपछि पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले हिजो (बिहिबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर बिक्रम देवाको पोष्टर सार्वजनकि गरिएको हो ।

पत्रकार सम्मेलनमा चलचित्र निर्माता एबम् झापाका युवा राजनीतिकर्मी अर्जुन मेचेले यही असोज १४ गते सोमबार बिर्तामोडमा प्रिमियर शो हुने जानकारी गराएका छन् ।

निर्माता अर्जुन मेचेले चलचित्र बिक्रम देवाले व्यवसायको दृष्टिकोणबाट भन्दा बढी लोपोन्मुख मेचे समुदायको जातीय पहिचान र भाषा, धर्म, संस्कृति झल्काउन सहयोग पुग्ने आशा व्यक्त गरे । निर्माता मेचेका अनुसार विक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रीतिरिवाज समेटिएको र ७० प्रतिशत नेपाली धर्म संस्कृतिमा निर्माण भएको छ ।

चलचित्रको निर्देशन कुमार केसी गर्नुभएको छ । जय भोले बाबा फिल्सको प्रोडक्सन रहेको चलचित्र विक्रम देवामा उपनिर्देशक निशानजेन तामाङ, कोरियाग्राफी कमल राई र द्धन्द्ध (एक्सन) निर्देशन सन्तोष भुजेलले गर्नुभएको छ ।

सो चलचित्रमा कलाकारहरु सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, विपिन प्रसाईं, रोहन सेन्च्युुरी, रविन मेचे, सत्यम मेचे, टेकराज विक, अमर मेचेलगायतको अभिनय रहेको छ ।

चलचित्र बिक्रम देवालाई इलाम र झापाका विभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायाँकन गरिएको छ । रु १ करोड २० लाख बढी लगानीमा निर्माण गरिएको निर्माता अर्जुन मेचेले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *