केर्खा (कमल), ४ असोज–कमल गाउँपालिका–३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

केर्खास्थित मुख्य कार्यालयमा शुक्रबार बिहान एक कार्यक्रमबीच २६औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल र लेखा सुपरीवेक्षण समितिका संयोजक कुबेरधन अधिकारी पत्रकार उमानाथ भण्डारीसहित सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुले संयुक्तरुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड ३८ लाख ५ हजार रुपैयाँको शेयर पुँजी, ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ निक्षेप बचत र १३ करोड २३ लाख २० हजार ३७२ रुपैयाँको जगेडा कोष संचय गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तमा संस्थाले सदस्यहरुमाझ ८१ करोड ७७ लाख १८ हजार १२८ रुपैयाँ कर्जा लगानी गरेर खुद मुनाफा १ करोड ६६ लाख ६९ हजार ५८५ रुपैयाँ कमाएको कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष गजुरेलले बताए ।

संस्थाले आगामी कात्तिक २ गतेबाट इकाईगत साधारण सभा सुरु गरी कात्तिक १२ गते सोमबार मुख्य कार्यालयमा अन्तिम माइन्युट प्रमाणीकरण साधारण सभा गर्ने कार्यसूचि बनाएको सो अवसरमा जानकारी दिइयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *