दमक, ४ असोज–दमक उद्योग वाणिज्य संघले शुक्रबार दमकमा राष्ट्रसेवक तीन जना कर्मचारीलाई स्वागत गर्नुका साथै भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
कमल–५ लखनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेश उप्रेती, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजाल र अर्का कर अधिकृत ज्ञानेन्द्र यादवलाई स्वागत गर्नुका साथै कर अधिकृत लक्ष्मण कार्कीको फेरी भेटौंलासहित सो कार्यक्रम गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अध्यक्ष गोकूल श्रेष्ठ, संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल), संघका लेखा संयोजक नेत्र चम्लागाइँ र सल्लाहकारसमेत रहेका दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि न्यौपाने केसीले सशस्त्र प्रहरीका वरिष्ठ उपरीषक उप्रेती र आन्तरिक राजश्व कार्यालयका प्रमुख रिजाल र कर अधिकृत यादवलाई औपचारिक रुपमा स्वागत गरेका थिए ।
उनीहरुले सो अवसरमा व्यवसायीहरुसँग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुख राष्ट्रसेवकहरुबाट व्यवसायीहरुले समाधानमुखी सेवाको अपेक्षा राखेको उल्लेख गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा एसएसपी उप्रेती र रिजालले यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध समेत रहेकाले कार्य सम्पादनमा सकारात्मक सहयोग रहने अपेक्षा सुनाए ।
कार्यक्रममा दमक उवासंघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारीका अतिरिक्त संघका कार्यसमिति सदस्यहरु हेमसागर अधिकारी, टिकाराम खतिवडा, कमल कटुवाल, बस्तुगत संघका प्रतिनिधिहरु राम रिमाल, कृष्ण अधिकारी लगायतले सुझावसहित शुभकामना राखेका थिए ।
