दमक, ४ असोज–सामाजिक सेवाप्रति तन, मन र धनसहित पवित्र उदेश्य राखेर महिला अधिकारकर्मीहरुले स्थापना गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज नामक संस्थाको झापामा नयाँ उपशाखा गठन गरिएको छ ।
झापाको कनकाई नगरपालिकामा आज आयोजना गरिएको महिला अगुवाहरुको भेलाले कल्पना भट्टराईको नेतृत्वमा नौं सदस्यीय समिति गठन गरिएको हो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई नगर स्तरीय समितिको अध्यक्षमा भट्टराईसहित उपाध्यक्षमा लीला प्याकुरेल, सचिवमा निर्मला बस्नेत, सहसचिवमा पुजा भेटुवाल र कोषाध्यक्षमा सरिता गुरागाई चयन भएका छन् ।
त्यस्तैं, समितिको सदस्यहरुमा धनमाया न्यौपाने, लीला खड्का चयन हुनुभएका छन् । समितिको वरिष्ठ सल्लाहकारमा अम्बिका मैनाली चयन हुनुभएको छ ।
महिलाहरुको हकहित, अधिकार र सशक्तिकरणका लागि टेवा पुर्याउने लक्ष्य राखेर मेचीमहाकाली बुहारी संयुक्त आवाज नामक सामाजिक संस्था स्थापना गरिएको संस्थाकी झापा सचिव रिना राई चेम्जोङले बताईन् ।
कनकाई नगर उपशाखा गठन कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समितिका अध्यक्ष चन्द्राकला काफ्ले, कोशी प्रदेश संयोजक पिंकी थापा, झापा जिल्ला संयोजक गंगादेवी भट्टराई, सचिव रिना राई चेम्जोङ, कोषाध्यक्ष सिता श्रेष्ठ र सहकोषाध्यक्ष सिता तिम्सिनाको उपस्थिति थियो ।
