दमक, ५ असोज–नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ क्षेत्रीय समितिले आज गौरिगञ्जमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गौरिगञ्ज गाउँपालिकाका स्थानीयलाई घर–गाउँमै निःशुल्क स्वास्थ्य जाँच तथा परिक्षण सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्ने उदेश्यले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय समितिले गौरीगंज–५ चिल्हारामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय समितिका सभापति जितबहादुर (जितु) धिमालका अनुसार सो शिविरबाट गौरिगञ्जस्थित गजुरगाछी र चिल्हाराका २ सय ५० बढीले स्वास्थ्य लाभ लिएका थिए । उनीहरुलाई शिविरमा निःशुल्क औषधीको समेत बितरण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरको गौरिगञ्ज गाउँपालिका प्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य फुलवती राजवंशीले उद्घाटन गरेका थिइन् । सो शिविर आयोजक संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं ५ का सभापति जितु धिमालको अध्यक्षतामा र गौरिगञ्ज गाउँपालिकाकी प्रमुख फूलवती राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य समेत रहनुभएका लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष बिश्वदीप लिङदेन, नेपाली कांग्रेस कोशी प्रदेश चन्द्र खड्का भट्टराई, झापा सभापति शेरबहादुर भट्टराई, गौरादह नगर पूर्व प्रमुख रोहित शाह, महासमिति सदस्य शुरेर सुब्बा, झापा ५ क्षेत्रीय सभापति ढ्ण्डीराज भण्डारी, झापा ५ (क) प्रदेश क्षेत्रीय सभापति जीवन राई, झापा ५ (ख) का सभापति रबि न्यौपाने, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा सभापति दिलकुमार नेम्बाङ, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ महाधिवेशन प्रतिनिधि चन्द्रसिंह राई, कांग्रेस दमक उपसभापति युवराज सागर खनाल, कांग्रेस गौरिगञ्ज सभापति अधनुप्रसाद राजवंशी लगायत पार्टीका स्थानीय नेताहरुको उपस्थिति थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा दमक अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कृष्ण शाह, मेडिकल अफिसर डाक्टर बन्दना सापकोटा, डाक्टर क्षितिज भट्टराई सहभागि थिए । त्यस्तैं, लाइफ लाईन अस्पताल दमकका जनरत फिजिसियन डाक्टर निरञ्जन शाहले शिविरमा स्वास्थ्य जाँच गर्नुका साथै परामर्श गरेका थिए ।
स्वास्थ्य शिविरलाई कमल गाउँपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका युवा नेता हुकुमसिंह राईले गाउँपालिकामा कार्यरत दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधीको सौजन्य गरेका थिए । त्यस्तैं, कांग्रेस दमक सभापति प्रकाश प्रसाई र दमक नगर उपप्रमुख एबम् कांग्रेस नेत्री रेगिना भट्टराईले शिविरमा आवश्यकीय औषधी निःशुल्क उपलब्ध गराएका धिमालले जानकारी दिए ।
नेपाल महिला संघ झापाकी उपसभापति नौताली राजवंशीले स्वागत मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन युवा नेता आत्माराम राजवंशीले गरेका थिए ।
