झलनाथ खनाल

काठमाडौँ, ६ असोज–नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कांग्रेस एमालेले संविधान पश्चमागी ढंगले संशोधन गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिनु भएको छन्।

शुक्रबार पार्टी बागमती प्रदेश कमिटीको दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै यो संविधान एउटा सम्झौताको संविधान भएको बताउनु भएको हो।

उहाँले भने, ‘संविधानभित्र पूँजीवाद पनि छ, समाजवाद पनि छ। यो संविधानमा रहेका समाजवादी पक्षधरलाई कसैले तलमाथि गर्छ भने हामी त्यसकाविरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ। यो संविधानको रक्षाको लागि। केही काम नलाग्ने कुरा पनि छ। तर, संविधानलाई संशोधन गर्नुपर्छ भनेर ठूला पार्टीहरूले चलाइरहेका छन्।’

सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ुसंविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिन्छ भने त्यसमा यो देशमा अर्को जनआन्दोलन निम्याउँछ। दुई ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ।’ उहाँले संविधानको रक्षाको लागि जस्तोसुकै मुल्य चुकाउन पनि आफूहरु तयार रहेको बताउनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *