बिर्तामोड, ७ असोज–झापाको बिर्तामोड–६ गिरीबन्धु टि–स्टेट नजिक गएराती २ः३० बजेको समयमा अज्ञात समुहले ट्रकमा आगजनी गरेको छ ।

गिरीबन्धु टि–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट (पाटा) पुर्याएर पूर्व तर्फ आउँदै गरेको WB 73 E3056 नम्बरको भारतीय ट्रकमा आगजनी भएको हो ।

१०÷१२ जनाको अज्ञात समुहले आगजनी गरेर फरार हुँदा ट्रकका चालक भारत इस्लामपुरका ४० बर्षिय पोदा रायको दाहिने हातको पाखुरा र शरिरको बिभिन्न भाग जलेर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय, अनारमनीबाट खटिएको प्रहरी टोलीले आज बिहान ३ः३० बजेको समयमा नियन्त्रणमा लिएको थियो ।

उक्त आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको र पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *