काठमाडौँ, ७ असोज–नेकपा (एकीकृत समाजवादी) ले नेताहरुको कार्यविभाजन गर्ने भएको छ।

एकीकृत समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको कार्यदलले नेताहरुको कार्यविभाजन गर्ने तयारी गरेको हो। त्यसका लागि आज (आइतबार) सात सदस्यीय कार्यदलको बैठक बसिरहेको छ।

असार तेस्रो साता १०औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न बाँकी छ। उपमहासचिव रामकुमार भट्टराईले कार्यदलको बैठकले नेताहरूको कार्यविभाजन गर्ने जानकारी दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *