काठमाडौँ, ७ असोज–नेपालले एफसी यू–२० एशियन कप छनोट खेलमा आज भएको खेलमा घरेलु टोली चाइनिज ताइपेलाई ३–१ गोलले पराजित गरेको छ।

न्यु ताइपेस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा भएको खेलमा समिर तामाङले ह्याट्रिक गर्दै नेपाललाई ३ अंक दिलाए।

जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपे अंकविहिन छ।

नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको थियो भने चाइनिज ताइपे पहिलो खेलमा बहराइनसँग १-० ले पराजित भएको थियो।

खेल शुरु भएको ३२औँ मिनेटमा समिरले गरेको पहिलो गोलबाट नेपालले अग्रता लियो। पहिलो गोल गरेको ३ मिनेटमा नै समिरले फेरि अर्को गोल गरेर नेपाललाई २(० को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङले गोल गरेर ताइपेलाई खेलमा फर्काउने प्रयास गरे।

खेल सकिन ६ मिनेट बाँकी रहँदा समिरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर नेपाललाई सहजै ३(१ गोलले जिताए। प्रतियोगितामा उनको यो चौथो गोल हो। यसअघि उनले कम्बोडियाविरुद्ध पनि एक गोल गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *