रौतहट, ७ असोज—राजदेवी नगरपालिकाको लक्ष्मीपुर गाउँस्थित पोखरीमा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ । जितिया पर्वको ब्रत बसेकी महिलाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

राजदेवी नगरपालिका–८ लक्ष्मीपुरमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर ४५ वर्षीया गिरिजा देवीको मृत्यु भएको जिल्ला प्रहरी गौरका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन छ । सोही अनुसार गाउँको पोखरीमा नुहाउन गएकी गिरिजादेवीको डुबेर मृत्यु भएको हो ।

महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको बीओपी बेलविछवा र प्रहरी चौकी बेलविछवाबाट खटिएको सुरक्षाकर्मीको टोलीले महिलाको उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा रहेकी गिरिजालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *