बितामोड, ८ असोज–झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् ।

उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरु‌ले नियन्त्रणमा लिएको जनाइएको छ । सिलिगुडीका अमरनाथ चौहानबाट रकम लिँदालिँदै वडाध्यक्षलाई नियन्त्रणमा लिई बिर्तामोड प्रहरीलाई बुझाईएको हो।

भारतीय नागरिकले जग्गा सम्बन्धी कारोबारमा वडाध्यक्षलाई रकम बुकाएका हुन् । वडाध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि उनले बिर्तामोड‌मा आएर पैसा बुझाएका हुन् ।

बुझाउने र लिने दुवै जनालाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धानका लागि अख्तियारको इटहरीको टोली झापा आएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *