धरमपुर, ९ असोज–पूर्वपश्चिम राजमार्गको धरमपुर–डुडामारी सडक खण्डमा अवस्थित फुलबारी रंगशालामा युवा तथा भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

वडा खेलकुद विकास समिति, शिबसतक्षी–१ धरमपुरले आयोजना गर्ने वडा स्तरीय फुटबल प्रतियोगिता यहि असोज १२ गते शनिबारदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

शिबसताक्षी नगरपालिकाको कार्यालय, धरमपुरस्थित वडा कार्यालयको प्रायोजनमा हुने प्रतियोगितामा नगरको ११ वटै वडाहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता युवाहरुबीच वडा स्तरीय खुल्ला नकआउट र भेट्रानहरुबीच वडा स्तरीय आयोजना गरिएको वडा खेलकुद विकास समितिका अध्यक्ष दिपक दाहालले जानकारी दिए ।

आज (बुधबार) बिहान, धरमपुरमा वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको किसिम, तयारी, सहभागि टिमहरु, पुरस्कारको राशी, अनुमानित आम्दानी र खर्चका बारेमा जानकारी गराएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष दीपक दाहालका अनुसार फुटबल प्रतियोगिता दुई अलग अलग विद्यागत रुपमा हुने जानकारी दिए ।

अध्यक्ष दाहालका अनुसार स्थानीय फुलबारी रंगशालामा १२ गते शनिबार फुटबल प्रतियोगिताको उद्घाटन हुने छ । उद्घाटन खेलमा शिबसताक्षी–१ र ४ बीच हुने भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख रोशन थोप्राले गर्नुहुने कार्यक्रम रहेको आयोजक समेत रहनुभएका नेकपा (एमाले) वार्डध्यक्ष अर्जुन चाम्लिङ राईले जानकारी दिए ।

त्यस्तैं, सोही रंगशालमा १३ गते आइतबारका दिन वडा स्तरीय भेट्रान फुटबलतर्फको उद्घाटन गरिने भएको छ । उद्घाटन खेल वडा ८ र १० बीच हुने भएको छ । भेट्रानतर्फ वडा नं ३, ५ र ६ ले प्रतियोगितामा सहभागिता जनाउन नसकेको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । भेट्रान तर्फ प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नं ४ (क) का प्रदेश सांसद राधाकृष्ण खनालले गर्नुहुने अर्जुन चाम्लिङ राईले जनाए ।

प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन भने उपबिजेता टिमले नगद ३१ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका आर्थिक संयोजक समेत रहनुभएका धरमपुर बजार विकास समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए ।

आर्थिक समितिका संयोजक जोशीका अनुसार भेट्रानतर्फको बिजेता टिमले नगद ३५ हजारसहित ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसैगरी, भेट्रानतर्फकै उपबिजेताले नगद २५ हजारसहित ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

पत्रकार सम्मेलनमा वार्डध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले खेलजगतको विकास र युवाहरुलाई खेलकुदको माध्यमद्धारा समाजमा जिम्मेवार नागरिक बनाउन वडा कार्यालयले योजनाका साथ काम गरिरहेको बताए । पत्रकार सम्मेलनमा प्रमुख अतिथि समेत रहनुभएका वार्डध्यक्ष चेम्जोङले वडा खेलकुद विकास समितिले सञ्चालन गरिरहेका गतिविधिहरुप्रति वडा कार्यालय सकारात्मक रहेको र आगामी दिनहरमा पनि हात्तेमालो गरेर अघि बढ्न आग्रह गरे ।

कुल ७ लाख बढी अनुमानित खर्च हुने प्रतियोगिताका लागि धरमपुरका खेलप्रेमीहरु, पूर्व खेलाडीहरु र विभिन्न मुलुकहरुमा छरिएर बसोबास गरिरहेका धरमपुरेलीहरुको आर्थिक सहयोग भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी, मुख्य प्रायोजक नगरपालिकाको तर्फबाट रु ५ लाख, सहप्रयोजक रु १ लाख ८० हजार र प्रायोजकहरुसमेत गरी रु ८० हजार आम्दानीतर्फ राखिएको आर्थिक समितिका संयोजक जोशीले जानकारी गराए ।

पत्रकार सम्मेलनमा धरमपुरका युवा व्यवसायी तथा पूर्व खेलाडी पेमा तामाङ लामा, अर्जुन चाम्लिङ राई, व्यवसायी तथा कलाकार पृथ्बी बोहोरा, शरन इजम, सन्तोष मण्डल, निहाङ किराती लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *