दमक, १० असोज–दमक–८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज (बिहिबार) दमकस्थित कस्मिक पार्टी प्यालेसमा राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं साधारणसभा सम्पन्न गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष लछुदास राई (एलडी) को अध्यक्षता तथा सहकारी संस्थाका पूर्व उपाध्यक्ष तथा ज्येष्ठ शेयर सदस्य लोकप्रसाद कन्द्ङवाको प्रमुख आतिथ्यतामा २५औं बार्षिका साधारणसभा सम्पन्न गरेको थियो ।
बार्षिक साधारणसभाको उद्घाटनमा संस्थामा गएको वर्ष उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, कर्मचारी, ज्येष्ठ तथा भुपू सैनिक शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित तथा उत्कृष्ट कर्मचारीका रूपमा सहलेखापाल पूर्णिमाया राई, ज्येष्ठ शेयर सदस्यतर्फ लोकप्रसाद कन्द्ङवा, पुनिमाया बेघा राईलाई सम्मान गरिएको थियो ।
यसैगरि, उत्कृष्ट कारोबारीतर्फ मनु लिम्बू, शुष्मा राई, टीकाराम लिम्बू, सपना राई, सृजना तामाङ नवीन कुमार श्रेष्ठ, चामबहादुर बस्नेत, गोमाकुमारी देवान, निर्मला लिम्बू, जयकुमारी राई, कृष्णप्रसाद धिमाल, देउप्रसाद तामाङ, साबित्रा ढकाल, कटयाउरी लिम्बूलाई सम्मान गरिएको थियो । उत्कृष्ठ कारोबारीहरुलाई संस्थाले इलेक्ट्रिक किट्ली, समान–पत्र प्रदान गरिएको थियो ।
यसैगरी संस्थाले बर्सेनि वितरण गर्दै आएको सैनिक तर्फको सम्मानबाट भारतीय भुपु सैनिक संस्थाका शेयर सदस्य हिन्दप्रसाद लिङ्देन, पूर्व बृटिस सैनिकका हस्तबहादुर राई र नेपाल पुलिस भुपु मौलबहादुर राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि कन्द्ङवा सहितका अतिथिहरुले सम्मान हस्तान्तरण गरेका थिए ।
सोही सभामा अध्यक्ष राईले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुरेन्द्र निङ्लेखुले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा परीक्षणको प्रतिबेदन सहित तिनै प्रतिबेदन संस्थाको बन्द सत्रले सुझावसहित पारित गरिएको थियो ।
१०५२ शेयर सदस्य रहेको संस्थाको शेयर पूंजी ४ करोड ४२ लाख ५२ हजार ३ सय, कुल लगानी २२ करोड ९८ लाख २९ हजार ७ सय ६६, निक्षेप २० करोड ८० लाख ९० हजार ३ सय ५८ रुपियाँ भएको प्रतिबेदनमा उल्लेख छ ।
संस्थाका सचिब दिपेनबाला राईले सञ्चालन गरेको साधारणसभाको उद्घाटनमा उपाध्यक्ष कृष्ण गोलेले स्वागत मन्तव्य राखेका थिए ।
