काठमाडौं, ११ असोज–युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ। गएराति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो।

टोलीको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा थप दुई गोल भएका थिए।

यसअघि खेलको सातौं मिनेटमा राड ड्राग्सनले सिधै रातो कार्ड पाउँदा टोटनहम दश खेलाडीमा सिमित बनेर खेलेको थियो।

टोटनहमले आइतबार प्रिमियर लिगमा कमजोर प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडसँग खेल्ने तालिका छ। पछिल्लो खेलमा ब्रेन्टफोर्डलाई टोटनहमले ३–१ ले हराएको थियो।

गएराति नै भएको खेलमा इटालियन सिरी ‘ए’ क्लब रोमा र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबीचको खेल १–१ को बराबरी खेलेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *