काठमाडौं, ११ असोज–मनसुन सक्रिय हुँदा देशभरि झरी परेको छ । पछिल्लो २४ घन्टामा देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम र कतै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा झापाको केचनामा १४८.८, मोरङको विराटनगर विमानस्थलमा १२५, सप्तरीको बरमझियामा १३०.४ सप्तरीको रुपनीमा ११२.२, उदपुरको सुन्दरपुरमा १०८.८, सप्तरीको कल्याणपुरमा १००.६ मिलिमिटर वर्षा भएको छ।

यी भूभागमा अझै पानी पर्ने क्रम नरोकिएकाले खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिसम्मै मनसुन सक्रिय हुनेछ। विभागले चार दिनसम्मका लागि ५६ जिल्लामा रेड अलर्ट जारी गरेको छ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *