गौरादह, १२ असोज–झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ४ र वडा नं। २ भएर बग्ने किस्नी खोलाको पुलबाट एक जना खोलामा हाम्फालेका छन् ।

शुक्रबार अपरान्ह करिब ४ बजे हाम्फालेर गौरीगञ्ज गाउँपालिका वडा नं २ भाकुरमारीका अन्दाजी ५० बर्षिय केमालाल ताजपुरिया वेपत्ता भएका प्रहरीले जनाएको छ ।

वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजीमा समस्या भएको छ । उनले के कति कारणले खोलामा हाम्फालेका हुन भन्ने यकिन खुलिसकेको छैन ।

खोलामा पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक रामचन्द्र साहले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *