दमक, १२ असोज–गत बिहिबारदेखि झापासहित देशभर भइरहेको अबिरल बर्षासंगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तब्यस्त हुनुका साथै धनजनको क्षतिप्रति नेकपा (एकीकृत समाजवादी) झापाले सरकारको गम्भिर ध्यानकर्षण गराएको छ ।
एकीकृत समाजवादी झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा आज (शनिबार) सम्पन्न बैठकले झापाका बिभिन्न स्थानहरुमा बाढी, पहिरो र डुवानका कारण जनजीवन प्रभावित हुनुको साथै धनजनको क्षतिप्रति तीनै तहको सरकारलाई ध्यानकर्षण गराउँदै उद्धार र राहतमा सक्रियता देखाउन अपिल गरेको हो ।
एकीकृत समाजवादी पार्टी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकद्धारा गरिएको निर्णयलाई सार्वजनिक गरिएको हो । सो बैठकले झापासहित देशभर अबिरल बर्षापछि भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका निम्ति तीनै तहको सरकारलाई सहयोग गर्न नागरिक समाजमा अपिल गरिएको पार्टी भापा सचिव बिपी भट्टराईले जानकारी दिनुभयो ।
बाढी र डुवानबाट झापामा पछिल्लो हालसम्म तीन जना नागरिक खोलामा डुबेर बेपत्ता भएको, बिरिङ खोलाको पुलमा कटानपछि हुलाकी सडक अवरुद्ध, स्थानीय गाउँ, बस्ती, चौक, बजार, शहर जलमग्न हुनुको साथै) सयौं बिद्या जमिनमा लगाइएको धानबाली डुवानमा परेको घटनाप्रति आजको बैठकले चासो र चिन्ता गरिएको पार्टी झापाका सचिव भट्टराईले बताउनुभयो । बैठकले पार्टी जिल्ला कमिटी र मातहत कमिटी र जनसंष्ठनका बेठक, भेला र कार्यक्रमहरु स्थगितगरी विपद्व्यवस्थापन कार्यमा जुट्न अनुरोध पनि गरिएको छ । त्यस्तैं, उद्धार र राहतमा खटिएका राष्ट्र सेवक सरकारी सुरक्षाकर्मी कर्मचारी, स्वास्थ्यकर्मी र स्वयम्सेवकहरुलाई सहयोग गर्न अपिल समेत गरिएको छ ।
यता, आजै बैठकले नेकपा (एकीकृत समाजवादी) झापाको जिल्ला अधिवेशन पुष दोस्रो हप्तामा सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा उमेश तिम्सिना र दिपक उप्रेतीलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैं, बैठकले सवारी दुर्घट्नामा परेर उपचाररत पार्टीकी पूर्व केन्द्रीय सदस्य शारदा शर्मा र जिल्ला कमिटी झापाका कार्यालय सदस्य भाष्कर घिमिरेको सिघ्रस्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य नीलमणी बरालको प्रमुख आतिथ्ययता रहेको थियो । सो बैठकमा पार्टी झापा उपाध्यक्ष बासु दुलालले स्वागत गर्नुभएको र सचिव बिपी भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
