काठमाडौं, १३ असोज–बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ। यस्तै, ७३ जना घाइते छन्।

प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ। प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ।

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए।

यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो। आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।

शनिवार अपरान्ह मात्र उक्त ठाउँमा सवारी साधन पुरिएको आशंका सुरु गरिएको थियो। सशस्त्र प्रवक्ता न्यौपानेले अपराह्न ४ बजे आफूहरूलाई जानकारी आएपछि टोली परिचालन गरिएको बताए। ती सवारी साधन कतिबेला पुरिएका थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

यसअघि विपद् प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *