दुर्गा प्रसाईं

काठमाडौँ, १४ असोज–मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ।

साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको कसुरमा दुईवटा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। उनीविरुद्ध साइबर अपराधमा दुईजनाले उजुरी दिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *