काठमाडौं, १४ असोज–बाढी पहिरो र डुवानमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्।

बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।

प्रहरीको तथ्यांकअनुसार उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५, लुम्बिनीमा २ जनाले विपद्मा ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्।

घाइते हुनेमा उपत्यकामा २४, कोशीमा १३, मधेसमा ८, उपत्यका बाहेक बागमतीमा ८५ छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, उपत्यकाबाट २ हजार १ सय ५५ जना, कोशीबाट २९०, बाग्मतीबाट ७४५, गण्डकीबाट ९९७ गरी ४ हजार २ सय २२ जनालाई उद्धार गरिएको छ। अहिले पनि बेपत्ता भएकाहरूको खोजिरहेको प्रहरीले बताएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *