जनकपुरधाम, १६ असोज–नेकपा (एकीकृत समाजवादी) धनुषाको कमला नगरपालिका कमिटीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

गत मंगलबार नगरकमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा एक हजार बढी नेता कार्यकर्ता तथा सर्वसाधारणले एकीकृत समाजवादी पार्टी रोज्नु भएको हो।

अध्यक्ष नेपालका स्वकीय लक्ष्मण रेग्मीका अनुसार नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत कमला नगरपालिकाका एमाले, कांग्रेस र जसपालगायत पार्टी परित्याग गरी ठूलो संख्याले एकीकृत समाजवादी रोजेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *