धरमपुर, १६ असोज–झापाको धरमपुरमा जारी शिबसताक्षी नगर वडास्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगिता अन्तरगत युवातर्फ वडा नम्बर ७ र भेट्रानतर्फ २ नम्बर बिजयी भएको छ ।

धरमपुरस्थित फुलबारी रङगशलामा भएको प्रतियोगिता शिवसताक्षी वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा भएको हो । आज (बुधबार) सम्पन्न भएको पहिलो खेल युवातर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ५ लाई ० को विरुद्ध ४ गोलले पराजित गर्दै बिजयी यात्रा तयारी गरेको छ ।

खेलको पहिलो हाफको १४औ मिनेटमा जर्सी नम्बर १० का मिराक लिङ्देनले गोल गरि टिमलाई अग्रता बनाएका थिए । पहिलो हाफ १–० ले अग्रता रहेको वडा नम्बर ७ ले दोश्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

जस्मा ३०औ मिनेटमा जर्सी नम्बर ७ का मन्जिल रायमाझीले गोल गरे भने ३६औ मिनेटमा जर्सी नम्बर १३ का प्रेम पौडेल जर्सी नम्बर १७ का अभिषेक नेपालीको पासमा आकर्षक गोल गरेक थिए ।

त्यस्तै, इन्जुरी समयमा जर्सी नम्बर ९ का बिकास रावतले गोल गरि टिमको अग्रता ४–० बनाएका थिए ।

युवा तर्फको खेलको म्यान अफ द म्याच जर्सी नम्बर ७ का मन्जिल रायमाझी घोषित भए ।

त्यसैगरि आजै भएको भेट्रानतर्फको खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १ गोलको झिनो अन्तरले पराजित गर्यो । खेल शुरु भएको ५औ मिनेटमा जर्सी नम्बर १० का हरि शेर्माले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो ।

दुबै टिमले गोल लगाउने अवसरहरु पाएको भए पनि थप गोल भने कतैबाट हुन सकेन । इन्जुरी समयमा वडा नम्बर २ का जर्सी नम्बर ९ का खेलाडीलाई डिबक्स भित्र फावल गरेपछि पाएको पेनाल्टी सुट पनि गोल हुन सकेन । जर्सी नम्बर १० का हरी शेर्माले प्रहार गरेको बल पोलमा ठोकिएर पर्कीएको थियो ।

यश खेलको म्यन अफ द म्याच बिजेता टिमका जर्सी नम्बर ९ का पासङ तामाङ घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि युवा तर्फको वडा नम्बर ८ र वडा नम्बर ९ बिच हुने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न।

प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार र उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *