दमक, १७ असोज–झापाको हल्दीबारी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट आज (बिहिबार) बिहान एक जनाको ज्यान गएको छ ।
आज बिहान करिब ९ बजे हल्दीबारी गाउँपालिका वडा नं ३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा सोही ठाउँका अन्दाजी ६० बर्षिय वाङदी गुरुङको ज्यान गएको हो ।
जङ्गली हात्तीले गुरुङलाई लछार–पछार पार्नुका साथै कुल्चिको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

