काठमाडौं, १७ असोज–२०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत ‘मुकाम रणमैदान’ले पाएको छ।

बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको हो।

यस्तै, जगदम्बा-श्री प्रा.डा.योगेन्द्रप्रसाद यादवलाई पाएका छन्। दुवैले चार लाख रुपैयाँ नगद पुरस्कार पाएका छन्।

भदौ १४ गते मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको थियो।

पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन्।

उनको उपल्लो थलो (सन् २०२०), लदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *