काठमाडौं, १८ असोज–एकैदिन दुई बालिकासहित तीन जना बलात्कृत भएका छन्।
दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका(५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरीसमेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका-५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भएका २० वर्षीय प्रकाश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले ती बालिकालाई सोही नगरपालिका(६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोल्पा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका(२ खोलबाङ बस्ने ३२ वर्षीय बिर्सी विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई बिबाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
