ताप्लेजुङ, १८ असोज–ताप्लेजुङमा आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बूको हत्या अभियोगमा छोरा पक्राउ परेको छ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बूले आफ्नै बुबालाई बाम्फोक प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले विहिबार उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *