काठमाडौं, १९ असोज–शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा(आराधना गरिँदैछ।

नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा(अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल, चक्र र धनुषलगायत शस्त्र(अस्त्र छन्।

भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरिएको घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। प्रत्येक दिन एक(एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षा गर्न देवी पार्वतीले समय(समयमा विभिन्न रूप लिएको पुराणमा उल्लेख छ।

नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर पनि देवीको आराधना गर्ने परम्परा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *