फाइल तस्विरः मृत हात्ती

कञ्चनपुर, १९ असोज–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृत फेला परेको छ।

हात्ती प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।

हात्तीको मलद्वारबाट गोबर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको हो। निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए। ​

बस्तीभन्दा करिब तीनचार किलोमिटरभित्र हात्ती मृत फेला परेपछि पशु चिकित्सकको टोलीले जाँच गरेको थियो। जाँच गर्दा पेटभित्र ग्यास भरिएर हात्ती मरेको पाइएको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए।

हिन्दु परम्पराअनुसार हात्तीको सद्गत गरिएको उनले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *