काभ्रेपलान्चोक, १९ असोज–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काभ्रेको बाढी पहिरो प्रभावित क्षेत्र मण्डनदेउपुर नगरपालिका पुग्नुभएको छ।

उहाँले गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण पहिरोमा परि ज्यान गुमाएका ७ जनाको परिवरसँग भेटघाट गर्नुभएको थियो। अध्यक्ष नेपालले बाढीबाट क्षतविक्षत भएको स्थानको स्थलगत निरिक्षण गर्नुका साथै मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समावेदन व्यक्त गर्नुभएको छ।

नेपालले विपतको समयमा राज्यकोषबाट के कस्तो सहयोग गर्न सकिन्छ बुझेर आबाश्यक पहल लिइने भन्दै नगर प्रमुख श्री टोक बहादुर वाईबा, उपप्रमुख श्री विष्णुमणि नेपाल, प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद बॉस्कोटालगायत उपस्थितमा नगरपालिकाको तर्फबाट जनही मृतक परिवारलाई ५०,००० हस्तन्तरण गर्नुभयो।

पीडित परिवारलाई तत्काल आवस्यक खाद्यन्न, भॉडाकुॅडा वितारण गर्नुका साथै दुखको घडिमा नगरपालिका हरहमेशा साथमा रहेर सहयोग गर्ने नगर प्रमुख वाइवाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

असोज ११र १२ को अविरल वर्षाले काभ्रेका विभिन्न भागमा अकल्पनीय भौतिक क्षति पुर्याएको छ, भने ७५ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

हालसम्म पनि काभ्रेका भुम्लु, रोशि ,बेथानचोक, तिमाल, चौरी गाँउपालिकामा सवारीसाधन , संचार, विद्दुत र खानेपानी सेवा सुचारु हुन सकेको छैन। उक्त नगरपालिका एमाले नेता तथा संघीय सांसद गोकुल बास्कोटाको गृह पालिका हो।

काभ्रेपलान्चोक, १९ असोज–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काभ्रेको बाढी पहिरो प्रभावित क्षेत्र मण्डनदेउपुर नगरपालिका पुग्नुभएको छ।

उहाँले गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण पहिरोमा परि ज्यान गुमाएका ७ जनाको परिवरसँग भेटघाट गर्नुभएको थियो। अध्यक्ष नेपालले बाढीबाट क्षतविक्षत भएको स्थानको स्थलगत निरिक्षण गर्नुका साथै मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समावेदन व्यक्त गर्नुभएको छ।

नेपालले विपतको समयमा राज्यकोषबाट के कस्तो सहयोग गर्न सकिन्छ बुझेर आबाश्यक पहल लिइने भन्दै नगर प्रमुख श्री टोक बहादुर वाईबा, उपप्रमुख श्री विष्णुमणि नेपाल, प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मी प्रसाद बॉस्कोटालगायत उपस्थितमा नगरपालिकाको तर्फबाट जनही मृतक परिवारलाई ५०,००० हस्तन्तरण गर्नुभयो।

पीडित परिवारलाई तत्काल आवस्यक खाद्यन्न, भॉडाकुॅडा वितारण गर्नुका साथै दुखको घडिमा नगरपालिका हरहमेशा साथमा रहेर सहयोग गर्ने नगर प्रमुख वाइवाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

असोज ११र १२ को अविरल वर्षाले काभ्रेका विभिन्न भागमा अकल्पनीय भौतिक क्षति पुर्याएको छ, भने ७५ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

हालसम्म पनि काभ्रेका भुम्लु, रोशि ,बेथानचोक, तिमाल, चौरी गाँउपालिकामा सवारीसाधन, संचार, विद्दुत र खानेपानी सेवा सुचारु हुन सकेको छैन। उक्त नगरपालिका एमाले नेता तथा संघीय सांसद गोकुल बास्कोटाको गृह पालिका हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *