धरमपुर, १९ असोज–झापाको शिबसताक्षीमा विबेक आचार्यको अध्यक्षतामा वाइसियल नेपाल नगर कमिटी गठन भएको छ ।

नेकपा (माओवादी केन्द्र) संबद्ध युवाहरुको बैचारिक राजनीतिक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) हो । शनिबार, दुधेस्थित सामुदायिक भवनमा वाइसियल नेपाल शिबसताक्षी नगर स्तरीय भेलाद्धारा युवा नेता आचार्यको अध्यक्षतामा वाइसियल शिबसताक्षी नगर कमिटी गठन भएको हो ।

सो कमिटीको उपाध्यक्षमा भाईचुङ श्रेष्ठ, उपाध्यक्ष जितेन्द्र साह, सचिवमा अनुप राई, सहसचिवमा सन्तोष ताजपुरिया र कोषाध्यक्षमा सृजना राई चयन भएका नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा नेम्बाङले जानकारी दिएका छन् ।

सर्वसम्मत चयन भएको कमिटीको सदस्यहरुमा साजन राई, नेत्र विश्वकर्म, उत्तम राजवंशी, बिशाल राई, बलबिरहाङ लिम्बु, नरेन्द घिमिरे, सतेश घिमिरे, सन्तोष योङयाङ, निशान पासवान, कुञ्जन जबेगु, बिशाल पासवान, अमृत गौलि लगायत छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी शन्देस, शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, अधिबक्ता एबम् पार्टीका नेता ज्ञानेन्द्र तिम्सिनालगायतको उपस्थिति थियो । नवगठित वाइसियल नेपाल शिबसताक्षी नगर कमिटीलाई बधाई तथा शुभकामना व्यक्त समेत गरिएको नेम्बाङले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *