धरमपुर, १९ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा जारी वडास्तरीय युुवा तथा भेट्रान फुुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ८ बिजयी भएको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइलन खेलमा आज (शनिबार) वडा नम्बर ८ ले वडा नम्बर १० लाई १ का बिरुद्ध २ गोल गरि सेमी फाइनलको यात्रा तय गरेको छ ।
खेलको ५ओ मिनेटमा वडा नम्बर ८ का खेलाडी जर्सी नम्बर ६ का बिशाल तामाङले जर्सी नम्बर २१ का अरुण लिम्बुको पासमा उत्कृष्ट गोल गरि टमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म खेल १ शुन्य गोल अन्तरलेपछि परेको वडा नम्बर १० ले खेलको ५७औ मिनेटमा जर्सी नम्बर ७ का खेलाडी रोक्तन लिम्बुले गोल गर्दै खेल बराबरीमा पुुरयाएका थिए ।
खेल दुुबैतर्फबाट आक्रमक र उतकृष्ट भैरहेको खेलको इन्जुरी समयमा वडा नम्बर ८ खेलाडी जर्सी नम्बर ११ का अरुण लिम्बुको उतकृष्ट पासमा जर्सी नम्बर १० का खेलाडी सोहन थापाले बिपक्षी टिमका गोलरक्षक अगाडी आएको फाइदा उठाउदै डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेपछि खेल १ का बिरुद्ध २ गोलले वडा नम्बर ८ बिजयी भयो ।
आजको खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १० का खेलाडी सोहन थापा घोषित भए ।
प्रतियोगिता अन्तरगत भोली २ खेलहरु हुनेछन । जसमा युुवातर्फ वडा नम्बर १ (रातो) भर्सेस वडा नम्बर ७ बीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ भने र भेट्रानतर्फ वडा नम्बर २ भर्सेस वडा नम्बर ८ बीच पहिलो सेमीफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष दिपक दाहालले जानकारी दिनुुभयो ।
प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइको छ । जसमा क्रमश म्यान अफ द सिरिज, धेरै गोलकर्ता, उत्कृष्ट गोलकिपर, उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजारसहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाई नगद १ हजार रुपैया प्रदान गरिने बताइएको छ ।
