काठमाडौं, २० असोज–इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ।

त्यसैगरी, क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो। यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ।

अर्को खेलमा म्यानचेष्टर सिटीले फुलहमलाई ३–२ र आर्सनलले साउथह्याम्प्टनलाई ३–१ गोलले पराजित गरेको छ।

लिगमा सिटी १७ र आर्सनल १७ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *