दमक, २० असोज–दमक–५ यलम्बर चौंकमा अवस्थित यलम्बर शालिक संरक्षण सम्बर्द्धन विकास संस्थाको अध्यक्षमा पुनः जितवहादुर राई (जीवन) चुनिएका छन् ।
दमकस्थित यलम्बर चौकमा संस्थाको शनिवार सम्पन्न दोश्रो अधिबेशनले पुनः राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ११ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा सुकबहादुर लिम्बू, सचिवमा गंगा लावती, सहसचिवमा भीमराज बेघा र कोषाध्यक्षमा यामबहादुर लावती चुनिएका छन् ।
यसैगरि, संस्थाको सदस्यहरुमा कमलप्रसाद दाहाल, बासुदेव राई, रमेश राई, गजिन्द्र लिम्बू, रमा केरुङ र सरस्वता लावती चुनिएका छन् । संस्थाको पहलमा त्यहाँ शालिक स्थापना गरि विभिन्न सामाजिक कार्यक्रम गरि आएको नवनिर्वाचित अध्यक्ष राईले बताएका छन् ।
शालिक स्थापनापछि उनीहरुले शालिक संरक्षण र सम्बर्द्धनका लागि संस्थागत दर्ता गरि काम गरिआएको उनले बताए ।
