काठमाडौं, २० असोज–नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को स्थगित २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ ।
शनिबार बसेको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलन आगामी मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना एवं नेपालीहरुको महान् पर्व दसैँलाई देखाएर अखिल (क्रान्तिकारी) ले बन्दसत्र स्थगित गरेको थियो ।
अखिल (क्रान्तिकारी) को सम्मेलनमा उमेर हदको विषयलाई लिएर विवाद छ ।
