काठमाडौं, २० असोज–आज बिहान कोशी प्रदेशका केही स्थानहरुमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार अन्य भूभागको मौसम सामान्यतया सफा नै रहनेछ।

मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ। अबको केही दिनमै पश्चिमी भूभागबाट मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *