दमक, २१ असोज–दमकमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको जीवन चक्र समाज नेपालले वडादशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ।

आज (सोमबार) दमकमा आयोजना गरिएको कार्यक्रमका सभाअध्यक्ष वासुदेव काफ्लेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दमक डाइनमिक पब्लिक लाइब्रेरीका भेषराज न्यौपाने थिए ।

यस्तै, कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेकपा (एमाले) दमक नगर अध्यक्ष राम पौडेल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख नारायण भट्टराई र साहित्यकार तथा समाजसेवी दुर्गा काफ्ले, कार्यक्रममा पत्रकार बिष्णु (यज्ञराज आङदेम्बे) सुब्बा, डिकेन्द्र बस्नेत, सुजन गौतम, व्यवसायी तथा दमकका अगुवा चन्द्र खत्री, व्यवसायी काशी खाती लगायतको उपस्थिति थियो।

सोही कार्यक्रमबीच रक्तदाता विनोद अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले ३७औं पटक रक्तदान गरेर समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

समाजका उपाध्यक्ष बेनुराज प्रसाईले कार्यक्रमका अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन जीवन चक्र समाजका सचिव गणेश प्रधानले गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *