काठमाडौं, २१ असोज–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।

‘यस पटक मनसुन बाहिरिने समय र दसै‌ एकै पटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ’, उनले भनिन्, ‘तसर्थ यो दसै‌मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *