धरमपुर (शिवसताक्षी), २१ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा वडा खेलकुद विकास समितिले आयोजना गरेको फुुटबल प्रतियोगितामा आज (सोमबार) दुईवटा खेलहरु सम्पन्न भएको छ ।
शिबसताक्षी नगरभरीका वडास्तरीय युवा तथा भेट्रान फुटबल प्रतियोगितामा आज युवातर्फ वडा नम्बर ८ र भेट्रानतर्फ वडा न १ बिजयी भएको छ ।
धरमपुरस्थित फुलबारी रंगशालामा भएको युवातर्फको पहिलो सेमिफाइनल खेल आयोजक वडा न (१) निलो वडा नम्बर ८ बीच भएको थियो । खेलमा वडा नम्बर ८ ले वडा नम्बर १ लाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ८ ले वडास्तरीय युवा तथा भेट्रान फुटबल प्रतियोगितामा फाइनल खेल्ने भएको छ ।
खेलमा वडा न ८ र १ ले बराबरी जस्तो खेल आ–आफ्नो पक्षमा पारेर खेलेका थिए । आजको खेलका दुबै टिम फाइनलका दाबेदार टिम हुन् । खेलको अग्रता भने खेल शुरु भएको ३ मिनेटमानै वडा न १ का खेलाडी शृजन मुखियाको गोलबाट लिएको थियो ।
पहिलो हाफसम्म १–० गोल अन्तरले वडा न १ ले अग्राता थियो । तर, दोस्रो हाफको ४१ र ५१ औ मिनेटमा वडा नम्बर ८ का खेलाडी सोहन थापाले गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता बनाए ।
खेलमा दुबै टिमले गोल लगाउने प्रयास धेरै गरेका थिए । अन्तत वडा नम्बर ८ का अभिनशले इन्जुरी समयमा थप १ गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । अन्तत वडा न ८ ले १ का विरुद्ध ३ गोल लगाउदै फाइनल प्रवेश गर्यो र कम्तिमा दोस्रो पुरस्कार सुरक्षीत गरेको छ ।
आजको खेलको म्यान अफ द म्याच पराजित टिमका शृजन मुखिया घोषित भएका छ्न । उनलाई वडा न १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ र सहकारीकर्मी बिनोद ढकालले पुरस्कार प्रदान गर्नु भएको थियो ।
भोली (मंगलबार) को खेल युवातर्फको अन्तिम सेमिफाइनल खेल वडा नम्बर २ र १ (रातो) बीच हुने भएको छ ।
भेट्रानतर्फको फाइनलमा वडा नम्बर १ र २ बीच भिडन्त
त्यसैगरि, आजै भएको भेट्रानतर्फको खेलमा वडा नम्बर १ बिजयी भएको छ । वडा न १ ले वडा न ९ लाई १ का विरुद्ध २ गोल गर्दै फाइनलको यात्रा तयगरि २ न वडासंगको पक्का गरेको हो ।
निक्कै रोमान्चक खेलको पहिलो हापको ४ औ मिनेटमा वडा न ९ का जर्सी न १८ का खेलाडी मोहन तामङले आकर्षक गोलगर्दै टिमलाई अग्रता दिलाए । तर, २१ मिनेट्मा वडा न १ को जर्सी न २४ का आशिष् गिरीले गोल गर्दै खेललाइ बराबरी बनाए ।
पुन वडा न १ का जर्सी न १७ का खेलाडी सन्त लिम्बुले गोल गरेर खेल २–१ को अग्रता बनाए । अन्तत निर्धारित समयसम्म दुबै तर्फबाट थप गोल हुन नसकेपछि वडा न१ फाइनलमा प्रवेश गर्न सफल भयो । दुबै टिम फाइनलको दाबेदार रहेकोले खेल निक्कै रोमान्चक भएको थियो ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका भेषराज बोहोरा घोषित भए । उनलाई आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष दिपक दाहाल, वार्डअध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, आर्थिक बिभाग प्रमुख एबम् धरमपुरका व्यवसायी लीलाबहादुर जोशी, युवा नेता अर्जुन चाम्लिङ राई, नेता बिनोद ढकाल, व्यवसायी पेमा तामाङ लगायतले म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गर्नुभयो ।
यहि २४ गते हुने फाइनलखेलको बिजेता टिमको युवातर्फ रु ५१ हजार र उपबिजेताले रु ३१ हजार र भेट्रानतर्फका बिजेताले रु ३५ हजार र उपबिजेताले रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएकोछ । जसमा क्रमश म्यान अफ द सिरिज, धेरै गोलकर्ता, उत्कृष्ट गोलकिपर, उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजारसहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाई ट्रफी प्रदान गरिने छ ।
