काठमाडौं, २१ असोज–अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै १७८ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ। जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाडौंमा १९, सिन्धुपाल्चोकमा १० जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *