डुडामारी (शिबसताक्षी), २२ असोज–झापाको शिवसताक्षी–८ को डुडामारीमा हाउजी मिनी मेला लाग्ने भएको छ । डुडामारी समाजसेवी क्लवको आयोजनामा भोलि (बुधबार) असोज २३ गतेका दिनदेखी छैट पर्वसम्म डुडामारी बजार परिसरमा मेला लाग्ने भएको हो । आज (मंगलबारं डुडामारीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था डुडामारी समाजसेवी क्लबले यस्तो जानकारी गराएको हो।
दशै, तिहार, छैट तथा उधौली उभौली पर्वलाई लक्षित गरेर मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनुका साथै हाउजी बिङ्गो तम्बोला खेलसमेत हुने क्लबका अध्यक्ष सन्त आङ्देम्बेले बताउनु भयो ।
मेलाबाट संकलित रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने भएको छ । जस्तै डुडामारी बजारमा सभाहल, डुडामारी उत्तरतर्फको खेल मैदान निर्माण लगायतका कार्य गर्ने योजना रहेको क्लबका सल्लाहकार सम्योजक गङ्गाप्रसाद ओझाले जानकारी दिनुभयो ।
कार्यक्रम ब्यबस्थापक बिक्रम लावतीले मेला सब्य र भब्यरुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरि कामको जिम्मा लगाई सकेको र हाल स्टेज बनाउने कार्य धमाधम भैरहेको जनकारी दिनुभयो ।
मेलाको उद्घाटन भोली २३ गते बेलुका शिवसताक्षी नगरपालीका उपप्रमुख नरमाया कार्कीले उद्घाटन गर्नेभएकी छन् । सो पत्रकार सम्मेलनमा स्थानीय शैक्षिक व्याक्तित्व तथा समाजसेवी कमलप्रसाद पौडेल लगायत स्थानीय बजारका व्यापारी–व्यवसायीहरु र पत्रकारहरुको उपस्थिति थियो ।
